डान्सिङ बिटमा दिनेशको ‘लखर लखर’ सार्वजनिक

डान्सिङ बिटको गीत ‘लखर लखर’ सार्वजनिक भएको छ । दिनेश गौतमको स्वर रहेको गीतको शब्द राजीव थापा (राजश्री)ले लेखेका हुन् । पुस्तक प्रसादको संगीत रहेको गीत विशेष गरी युवा वर्गलाई लक्षित गर्दै सार्वजनिक गरिएको गायक गौतमले बताए ।

नाचौँ नाचौँ लाग्ने गीतमा केही फरक प्रयोग समेत गरिएको छ । एक अधबैँसे साइला दाइलाई केन्द्रमा राखेर निर्माण गरिएको गीतमा पुरुष स्वरमा महिला मोडललाई लिप्सिङ गराइएको छ ।

त्यस्तै सारीमा स्पोर्ट्स सुजको प्रयोग समेत केही भिन्न लाग्छ । त्यस्तै सोही गीतमा महिला आवाज अनु सिंहको स्वर समेत पछिल्लो भागमा समेटिएको छ । भारतीय अनुको यो पहिलो नेपाली गीत हो ।

देव धिमालको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियो राजश्री इन्टरटेनमेन्ट नेपाल युट्युब च्यानलमा अपलोड गरिएको छ । भिडिओमा विजय राज भुर्तेल, रन्जिता विश्वकर्मा लगायतका फिचर्ड छन् ।





  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार १२:२९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया