नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलुमलाइरीले भारतविरुद्ध मैदान उत्रिँदा आफ्नो एक मात्र लक्ष्य जित हुने बताएका छन् ।
उनले बुधबार प्रि म्याच कन्फरेन्समा बोल्दै नेपालले भारतविरुद्ध बराबरीका लागि नभएर जित्नैका लागि खेल्ने बताएका हुन् ।
‘भारत धेरै बलियो टोली हो । हामी विरुद्ध उसको इतिहास निकै राम्रो छ । हामीलाई दुवै खेल जित्न आवश्यक छ,’अलुताइरीले भने, ‘राष्ट्रिय टिमले खुसी बनाउने होइन, गर्व गर्न लायक बनाउनु आवश्यक छ । हामी बराबरीका लागि नभएर जितका लागि खेल्ने छौँ ।’
नेपालले भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्दैछ । पहिलो खेल बिहीबार (भोलि) दशरथ रंगशालमा साँझ साढे पाँच बजे हुने छ ।
नेपालले भारतविरुद्ध दोस्रो खेल आइतबार खेल्नेछ । दुवै टोलीले यो मैत्रीपूर्ण खेललाई अक्टोबर १ देखि १६ सम्म माल्दिभ्समा हुने १३ औँ संस्कणको साफ च्याम्पियनसिपको तयारीका रूपमा लिएका छन् ।
नेपालले अक्टोबर १ मा आयोजक माल्दिभ्ससँगको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।