नेपालले भारतसँग बिहीबार र आइतबार दुई मैत्रीपूर्ण खेल खेल्दैछ । बिहीबार र आइतबार हुने खेलमा नेपाली टोलीलाई नेतृत्व गर्दैछन्, किरण चेम्जोङले ।
बिहीबार भारतसँग खेल्नका लागि नेपाली टिम २० औं पटक मैदानमा उत्रिँदैछ । यसअघिका खेलमा २ जित मात्र आफ्नो नाममा दर्ज गरेको नेपाली टिमले यसपटक दुवै खेलमा जित निकाल्ने प्रयास गर्नेछ ।
यही खेल सुरु हुँदा नै नेपाली टिमका कप्तान किरणले चाहिँ नयाँ रेकर्ड बनाउँदैछन् । नेपाली राष्ट्रिय टोलीबाट अहिलेसम्म सबैभन्दा बढी खेल खेल्ने खेलाडीका रुपमा किरणले यो रेकर्ड बनाउन लागेका हुन् ।
भारतसँगको खेलका लागि बिहीबार मैदानमा उत्रिँदा किरणले नेपालका लागि ७३ औं खेल खेल्नेछन् । यसअघि विराज महर्जनले यो रेकर्ड राखेका थिए ।
‘यो उपलब्धि हासिल गर्न पाउँदा मलाई निकै खुसी लागेको छ,’ किरणले भनेका छन्, ‘अबका दिनमा थप मिहनेत गरेर देशका लागि खेल्नेछु ।’
उनले भारतसँगको खेलभन्दा अगाडि भएको पत्रकार सम्मेलनमा आफूहरु भारतसँग खेल्न तयार भएको र प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूहरुलाई निकै स्नेहका साथ प्रशिक्षण दिएको पनि बताएका छन् ।
चार महिनाअघि फरकधारसँग किरणले भनेका थिए—
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।