भारतीय कलाकार सिद्धार्थ शुक्लाको ४० वर्षको उमेरमा बिहीबार भएको निधनका कारण पूरै बलिउड स्तब्ध भएको छ । भारतीय चर्चित टिभी सो बिग बोस १३ का विजेतासमेत रहेका सिद्धार्थको मृत्यु हृदयघातका कारण भएको हो ।
यसअघि उनलाई केही असहज भएपछि बुधबार विहान उनले एक चिकित्सकसँग कन्सल्टेसन गरेका थिए ।
उनका पारिवारिक चिकित्सकले उनलाई धेरै कसरत वा व्यायाम नगर्न सुझाएका थिए ।
शरीरलाई फिट राख्न सिद्धार्थले प्रत्येक दिन ४ घन्टा कसरत गर्ने गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।