तालिबानप्रति हाम्रो प्रभाव छ तर नियन्त्रण छैन : पाकिस्तानी सूचनामन्त्री

पाकिस्तानका सूचनामन्त्री फवाद चौधरीले तालिबानप्रति पाकिस्तानको प्रभाव भएको तर नियन्त्रण भने नभएको बताएका छन् ।

चौधरीले भने, ‘अफगानिस्तानमा शान्ति र सुव्यवस्था मिलाउनका लागि छिमेकी देश टर्की र पाकिस्तानले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् । तालिबानप्रति पाकिस्तानको प्रभाव छ तर नियन्त्रण भने छैन ।’

‘अफगानिस्तानमा सरकार बनाउने काम त्यतैका मानिसको काम हो । तर छिमेकी देश पनि अफगानिस्तानको स्थिरतामा सहयोग गर्नेछन् । जब सोभियत संघले अफगानिस्तान छाडेको थियो तब हामीले बाँकी समस्याको समाधान गरेका थियौँ । अमेरिकन सैनिकले छाडेसँगै फेरि पाकिस्तानमा जिम्मेवारी थपिएको छ’, उनले थपे ।

चौधरीले काुबल एयरपोर्ट पुनः सुचारु गर्नका लागि पाकिस्तानले पहल गरिरहेको पनि बताएका छन् ।

पाकिस्तानमा अझै पनि ३५ लाख अफगानी शरणार्थी छन् । ती शरणार्थीले गर्दा पाकिस्तानलाई ठूलो आर्थिक बोझ भएको चौधरीले जनाए ।





  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार १५:५८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया