जिसस कैलालीका उपप्रमुखसहित तीन जना एकीकृत समाजवादीमा

जिल्ला समन्वय समिति कैलालीका उपप्रमुखसहित तीन जनाले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका छन् ।

समन्वय समितिका उपप्रमुख सुन्दरी चौधरी, सदस्य मालतीदेवी विक र देवी भण्डारीले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । 

समन्वय समितिमा एमालेका ६ जनामध्ये पाँच जना एकीकृत समाजवादीमा आउने दाबी गरिएको छ ।

समन्वय समिति सदस्य टेकबहादुर बुढा र ललित साउँदले पनि आइतबार सनाखत गर्ने नेकपा समाजवादी कैलालीका नेता विमल जोशीले जानकारी दिए ।  उनका अनुसार बुढा र साउँद यसअघि नेपाल समूहका खुलेका थिए । जिसस प्रमख सूर्यबहादुर थापा भने एमालेमै छन् ।

९ जनाको जिल्ला समन्वय समितिमा तीनजना जनता समाजवादी पार्टी (जसपा)का सदस्य छन् । जसपा विभाजित भएपछि उनीहरू कतै पनि खुलेका छैनन् । 

जसपा विभाजित बनेपछि महन्त ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता गरिएको छ । यस अघि कैलालीको मोहन्याल गाउँपालिका उपप्रमुख सहित ३ जनाले समाजवादीमा सनाखत गरेका थिए । निर्वाचन कार्यालयले भदौ २२ गते सम्मका लागि दल राज्ने समय दिएको छ ।





  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार १६:२५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया