सुवास नेम्वाङले भने– एमाले विभाजनको औचित्य पुष्टि हुँदैन

नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले नेकपा एमाले विभाजनको औचित्य स्थापित नहुने बताएका छन् ।

उनले पार्टीमा कुनै विचार, सिद्धान्त र दर्शनमा फरक नभएकाले एमाले विभाजन गरेर बनाएको नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुले विभाजनको औचित्य स्थापित गर्न नसक्ने बताएका हुन् । 

उनले सबैले गाउँगाउँ र घरघरबाट उठेर कुन विचार, सिद्धान्त र कार्यक्रम फरक परेका कारण पार्टी विभाजन गरेको हो भनेर प्रश्न गर्नुपर्ने बताए । 

नेम्वाङले माले विभाजनको प्रसंग उठाउँदै विचार र सिद्धान्त एउटै हुँदा विभाजन भएर माले बनेको उल्लेख गर्दै अहिले पनि यसको औचित्य पुष्टि नहुने बताए । 
 





  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार १९:४९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया