माधव नेपालको पार्टीको दस्तावेजको मस्यौदा मैले गरेको हैन : रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूले माधवकुमार नेपालसँग पार्टी विभाजनका लागि नयाँ पार्टीको दस्तावेज मस्यौदा गरेको भन्ने आरोप गलत भएको बताएका छन् । 

उनले भीम रावलले मस्यौदा गरेको भन्दा थप केही मान्छे आउँछन् कि भनेर गरेको कुप्रचार भएको टिप्पणी गरे । उनले आफू पार्टी एकताका लागि वार्तामा रहेको भन्दै वार्ता गर्दै अर्को दस्तावेज लेख्ने कुरा नहुने बताए । 

उनले आफूले पार्टी विभाजनका लागि माधवकुमार नेपाललाई उक्साएको भन्ने आरोप पनि गलत भएको बताए । उनले भने, ‘मैले उक्साउँदा उक्सिने भए, मैले पछि हट्नुहोस् भन्दा मान्नुपर्‍यो नि किन नमानेको त ?’

उनले कम्युनिस्ट पार्टीको विभाजन देश र जनताको पक्षमा नभएको भन्दै माधवकुमार नेपालसहितका नेताहरुलाई नयाँ पार्टीको दर्ता खारेज गरेर पार्टीमा आउन आग्रह गरे ।





  • प्रकाशित मिति : भदौ १९, २०७८ शनिबार १८:१०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया