नेपाल भर्सेस भारतः आज हुँदैछ २१ औँ खेल, नेपाल जित्ने ‘मुड’मा

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल आज दिउँसो दशरथ रंगशालामा हुँदैछ । यो नेपाल र भारतबीच हुन लागेको २१ औँ खेल हो ।

नेपालले यसअघिका भारतसँगका प्रतिस्पर्धामा जम्मा दुई वटा खेलमा जित हासिल गरेको छ । 

यसअघि बिहीबार दिउँसो दशरथ रंगशालामा भएको खेलमा नेपालले भारतसँग बराबरीमा खेलेको थियो । खेलको ३६ औं मिनेटमा नेपालका लागि अन्जन विष्टले गोल गरेका थिए ।

हाफ टाइमअगाडि सम्म नेपालले अग्रता कायम राखेको थियो । दोस्रो हाफको १४ औं मिनेटमा भारतका अनिरुद्र थापाले गोल गरेपछि बिहीबारको खेलमा थप गोल भएका थिएनन् ।

आजको खेलमा नेपालले राम्रो प्रदर्शन गरेर जित हासिल गरेको खण्डमा फिफा वरीयतामा नेपालको स्थान सुधार हुनेछ ।





  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार २:३२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया