दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग प्रतिस्पर्धा गर्दै नेपाल

नेपालले आइतबार (आज) भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । खेल साँझ साढे पाँच बजे दशरथ रंगशालामा हुनेछ ।

बलियो टोली भारतविरुद्ध नेपाल जितको लक्ष्यसहित मैदान उत्रिनेछ । फिफा वरीयतामा आफूभन्दामाथि रहेको टोलीमाथि जित निकाल्न त्यति सहज भने हुने छैन ।

फिफा वरीयतामा भारत १०५ औं स्थानमा रहँदा नेपाल १६८औं स्थानमा छ । विगतलाई हेर्ने हो भनेपनि यी दुई टोलीबीच निकै अन्तर रहेको छ ।

हालसम्म यी दुई टोलीले २० खेलमा एक अर्काको सामना गर्दा भारत १३ र नेपाल मात्र २ खेलमा विजयी हुँदा ५ खेल बराबरीमा सकिएको छ । 

नेपाल र भारतले पहिलोपटक सन् १९८५ को साफ च्याम्पियनसिपमा एक अर्काको सामना गरेका थिए। यो खेलमा दुबै टोलीले गोल गर्न सकेनन् ।

 मैत्रीपूर्ण खेल अन्तर्गत बिहीबार भएको पछिल्लो भेटमा दुबै टोलीले १–१ को बराबरी खेलेका थिए ।



नेपालले पछिल्लोपटक सन् २०१३ को साफ च्याम्पियनमा २–१ को जित हात पारेको थियो । त्यसयता भएका ५ खेलमा ३ खेल गुमाउँदा २ खेल बारबरीमा सकिएको थियो ।

नेपाललाई घरेलु मैदानमा विगतलाई बिर्सदै भारतमाथि जित हात पार्ने सुनौलो अवसर मिलेको छ । त्यसलाई उसले सदुपयोग गर्ला वा नगर्ला त्यो त आजको खेलले नै बताउनेछ । 



  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार ६:३७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया