विश्वकप छनोटमा नेदरल्यान्डको शानदार जित

विश्वकपको युरोपियन छनोट अन्तर्गत शनिबारराति भएको खेलमा नेदरल्यान्ड विजयी भएको छ । उसले घरेलु मैदानमा मोन्टेनेग्रोमाथि ४–० को शानदार जित हात पारेको हो ।

नेदरयान्डको जितमा मेम्फिस डिपाएले २, जर्जियो विज्नाल्डमा र कोडी गक्पोले १–१ गोल गरे ।

खेलको ३८औं मिनेटमा डिपाएले पेनाल्टीमार्फत गोल गर्दै नेदरल्यान्डलाई अग्रता अग्रता दिलाए । उनले दुसान लागेटरले लडाएपछि पाएको पेनाल्टी अवसरलाई सदुपयोग गरेका थिए ।

६२औँ मिनेटमा डिपाएले नै टोलीको अग्रता दोब्बर बनाए । ७० औँ मिनेटमा विज्नाल्डम र ७६ औँ मिनेटमा गक्पोले गोल गरेपछि नेदरल्यान्डले सहज जित हात पारेको हो ।

जितसँगै ५ खेलमा १० अंक जोडेको नेदरल्यान्ड समूह ‘जी’ को दोस्रो स्थानमा रहँदा मेन्टेनेग्रो समान खेलबाट ७ अंक जोड्दै चौथो स्थानमा छ ।

छनोट अन्तर्गत शनिबार नै भएका अन्य खेलमा पोर्चुगलले कतारमाथि ३–१, रुसले साइप्रसमाथि २–०, टर्कीले ज्रिब्राल्टरमाथि ३–० तथा स्कटल्यान्डले माल्डोभामाथि १–० को जित निकाले ।  





  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार ७:५४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया