महिला प्रोटागोनिस्ट चलचित्र ‘ग्रीन बर्ड’मा सुरक्षा पन्त

नेपाली कथानक चलचित्र ‘ग्रीन बर्ड’ निर्माणको घोषणा भएको छ । महिला प्रोटागोनिस्ट यो चलचित्रमा अभिनेत्री सुरक्षा पन्तले शिर्ष भूमिकामा रहेर अभिनय गर्नेछिन् । सुरक्षाका साथमा कमलमणी नेपाल र अफरान अलीको पनि चलचित्रमा शिर्ष भूमिका रहने छ । 

योङ स्टार सिनेमा र निर्वाणा फिल्म स्कुलले सयुक्त रुपमा निर्माण गर्न लागेको यो चलचित्र आगामी साता छायांकनमा जाने बताइएको छ । चितवनबाट छायांकन सुरु गर्ने चलचित्रको हाल कार्यशाला चलिरहेको छ । 

यो चलचित्र प्रमोद कँडेलले निर्देशन गर्दैछन् । प्रमोदको यो नै डेब्यु फिचर फिल्म हो । कात्तिक कर्नाटकले खिच्ने फिल्ममा मेथड एक्टिङको प्रक्रियालाई आत्मसात गरिने भएको छ । चलचित्रमा परिवार र विश्वकै मूल्य मान्यताविरुद्ध आफ्नै जीवन जीउन खोज्ने एक युवतीको संघर्षको कथा देखाइने छ ।
 





  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार १३:१३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया