दलित विकास समितिका उपाध्यक्ष बैठालाई पदमुक्त गर्न माग

प्रदेश २ का दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठालाई पदमुक्त गर्न माग गरिएको छ । उपाध्यक्ष बैठाले महिलालाई अभद्र व्यवहार गरेको आरोप लगाउँदै त्यस्ता व्यक्तिलाई पदमुक्त गर्न माग गर्दै मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाइएको छ।
 
जनता समाजवादी पार्टीको मधेस प्रदेश समिति सदस्य तथा समाजवादी दलित मुक्ति संगठन, मधेस प्रदेश समितिका सचिव ललिता दासलाई तथानाम अश्लील गालीगलौज एवं अभद्र व्यवहार गरेको आरोप बैठामाथि लगाइएको छ ।
 
उपाध्यक्ष बैठाले फेसबुकमा म्यासेज पठाएर तथानाम गालीगलौज गरी दासको दाम्पत्य जीवनसमेत धरापमा पार्ने दुस्साहस गरेको आरोप लगाइएको छ । 

उनीमाथि ०७७ चैत ९ गते रातिको समयमा बदनीयतपूर्ण तरिकाले सामाजिक सञ्जालमार्फत दाससँग गलत सम्बन्धको प्रस्ताव राखेको र अस्वीकार गर्दा गालीगलौजमा उत्रेको आरोप समेत लगाइएको हो । 

उपाध्यक्ष बैठाले गरेको दुर्व्यवहार निन्दनीय, आपत्तिजनक र पदीय मर्यादाविपरीत रहेको ठहर गर्दै महिलामाथि गालीगलौज गरी समाजमा विकृति फैलाउने तथा अनैतिक र अनुशासनविपरीतको कार्य गरी सरकारलाई पनि बदनाम गराउने दुस्साहस गरेकाले उनलाई अविलम्ब पदमुक्त गरी कानुनी कारबाही गर्न दलित अगुवा सर्लाहीका विकास पासवान, महोत्तरीका वैदेही पासवान र रौतहटका उदय नारायण रामले मुख्यमन्त्री राउतसँग माग गरेका छन् ।





  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार २२:३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया