गण्डकी प्रदेश सभामा नेकपा एकीकृत समाजवादी शून्य
फरकधार / २० भदौ, २०७८
यो सामग्री सेयर गर्नुहोस्

नेकपा एमालेबाट छुट्टिएर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादी पार्टीमा गण्डकी प्रदेशका कुनै पनि सांसद लागेका छैनन् ।



यसअघि निर्वाचन आयोगमा ९ भदौमा नेकपा एकीकृत समाजवादी पार्टी दल दर्ताको प्रमाणपत्र पाएपछि केन्द्रमा र प्रदेश तथा स्थानीय तहमा यो दलमा लाग्नेहरुले स्थानीय निर्वाचन आयोगमा गएर सनाखत गराउनु पर्ने थियो ।



अरु प्रदेशमा केही प्रदेश सभा सदस्यहरु नेकपा एकीकृत समाजवादी पार्टीमा लागे पनि गण्डकी प्रदेशमा एक जनाले पनि यो पार्टीमा लाग्ने निर्णय गरेका छैनन् ।



यसअघि नेकपा एमाले हुँदा गण्डकी प्रदेशमा माधवकुमार नेपाल पक्षका एक सांसद रहेका थिए । तर, उनले पनि अहिले नेकपा एमाले नै छानेका छन् ।



२७ प्रदेश सभा सदस्यसहित अब प्रदेशमा नेकपा एमाले नै सबैभन्दा ठूलो दल बनेको छ । तर, यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बहुमत पुर्याउन नसक्दा नेकपा एमाले गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्ष भएको छ ।





  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार २३:१४:८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया