अमेरिकी सिनेटरको भविष्यवाणी– हामी फेरि अफगानिस्तान जान्छौं

अमेरिकी सिनेटर लिन्डसे ग्राहमले अमेरिका फेरि अफगानिस्तान फर्किने भविष्यवाणी गरेका छन् ।

बिबिसीको हार्डटक कार्यक्रमलाई दिएको अन्तर्वार्तामा उनले भने, ‘हामी फेरि अफगानिस्तान जानुपर्छ किनकि आतंकको खतरा धेरै हुनेछ ।’

उनले अफगानिस्तानमा तालिबान शासनको पुनस्र्थापनाले नयाँ समस्या निम्त्याउने पनि बताए ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट मानिने ग्राहमले तालिबान शासनले अफगानिस्तान कट्टर इस्लामवादीका लागि एक ठूलो स्थानका रुपमा परिणत हुने बताए ।

उनले भने, ‘यहाँ ट्रम्पको गल्ती या बाइडेनको गल्तीका रुपमा हेर्नु हुँदैन । तालिबान अझै रुपान्तरण भएका छैनन् । उनीहरु उस्तै छन् र उनीहरुलाई आधुनिक समयप्रति कुनै लेनादेना छैन । हामी फेरि अफगानिस्तान जानेछौं, जसरी इराक र सिरिया गयौं ।’

गत सातामात्रै अमेरिकी सेनाले २० वर्ष लामो युद्धपछि अफगानिस्तान छाडेको थियो ।  
 





  • प्रकाशित मिति : भदौ २१, २०७८ साेमबार ९:२६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया