१ हजार ६ सय ७७ जना संक्रमित थपिए, २१ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका १ हजार ६ सय ७७ जना संक्रमित थपिएको जनाएको छ । 

१५ हजार ३४ जनाको परीक्षण गर्दा १४ सय २३ पिसिआर र २ सय ५४ एन्टिजेन बिधिबाट उक्त संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ लाख ७२ हजार १ सय २८ पुगेको छ ।

मंगलबार २ हजार ७२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको  छ । योसँगै हालसम्म ७ लाख ३१ हजार जना संक्रमणमुक्त भएका छन्। 

कोरोना संक्रमणबाट पछिल्लो दिन २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार १७:११:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया