एमाले भन्ने पार्टीमा विचार शून्य छ, त्यहाँ यसको मतलब नै छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा विचार शुन्य भएको टिप्पणी गरेका छन्ल । सहिद सुरेश वाग्ले (बासु) र भिमसेन पोखरेल (वैराग)को २२ औं स्मृति दिवसमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् । 

एमाले पार्टीमा विचारमा बहस नभएको भन्दै विचारसँग कुनै मतलब नभएको उनको भनाइ छ । ‘एमाले भन्ने पार्टी विचार शून्य छ अहिले, त्यहाँ विचारमा बहस पनि हुँदैन । विचारसँग मतलब पनि छैन्’, सम्बोधनको क्रममा प्रचण्डले भने । 

त्यस्तै उनले राष्ट्रिय अन्तर्राष्ट्रिय साम्राज्यवादीसँग साँठगाँठ गरेर डलर ल्याउने तरिका एमालेले जानेको आरोप पनि लगाए । उनले भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय साम्राज्यवादीसँग साँठगाँठ गरेर डलर ल्याउने तरिका जानेका छन् । त्यो पैसा खर्च गर्न कसरी गुट बलियो बनाउन सकिन्छ भन्ने जानेका छन् ।’

उनले अघि भने,‘चुनाव जित्न साँठगाँठ गर्ने, छलकपटमा अलि पारगंत नै भएका छन् । उनीहरूको एकताका आधार विचार र राजनीति हुँदैन अहिले ।’

आफूहरू लडाईंको अग्रमोर्चामा जान पाऊँ भनेर तँछाडमछाड गर्नेजस्ता काममा नभएको उल्लेख गर्दै उनले भने, ‘हामी निश्वार्थ रूपमा वर्गको निम्ति, सिद्धान्तको निम्ति, क्रान्तिको निम्ति, राष्ट्रको निम्ति समर्पित भएर लाग्ने र सबैभन्दा अप्ठेरो काम आफूले जिममा लिन खोज्ने, र लडाईंको अग्रमोर्चामा म जान पाऊँजस्ता कुराको तँछाडमछाड गर्नेजस्ता हामी छैनौं । हामी अहिले व्यक्तिगत पद पैसा प्रतिष्ठा, स्वार्थ, समूह गुट बनाउने, आफूलाई व्यक्तिगत रूपमा सुरक्षित राख्ने चिन्ताद्वारा हामी अलि बढी घुलस्त छौं ।’





  • प्रकाशित मिति : भदौ २३, २०७८ बुधबार १२:२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया