ओलीलाई भेट्न बालकोट पुगिन् फतिमा सुमार

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की उपाध्यक्ष फतिमा सुमारले आफ्नो राजनीतिक भेटघाट सुरु गरेकी छन् । 

आज बिहान सवा ९ बजे काठमाडौं अवतरण गरेकी सुमारले पहिलो भेट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेकी छन् । ओलीलाई भेट्न सुमारसहितको प्रतिनिधि टोली केहीबेर अघिमात्र ओली निवास बालकोट पुगेका हुन् । उनीसँगै एमसिसीका नायब उपाध्यक्ष जोनाथन ब्रक्स पनि छन् ।

अध्यक्ष ओली र सुमारबीचको भेटमा नेकपा एमालेका नेताहरू विष्णु रिमाल र राजन भट्टराई पनि सहभागी भएको बताइएको छ । एमसिसी परियोजनाबारे चर्चा चलिरहेको बेलामा उनको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

यसअघि बुधबारमात्रै एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले एमसिसी पारित गर्ने जिम्मा आफूहरूको नभएको बताएका थिए । ओली सरकार हुँदा एमसिसी संसदमा पेश भएको थियो ।





  • प्रकाशित मिति : भदौ २४, २०७८ बिहीबार १४:३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया