१४ सांसदमाथिकाे कारबाहीको पत्र थन्क्याएर सभामुखले पार्टी विभाजनमा सहयोग गरे : योगेश भट्टराई

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाको व्यवहार निष्पक्ष हुनुपर्ने बताएका छन् । संसद्को आगामी बैठक सञ्चालन हुने–नहुने सापकोटाको भूमिकामा निर्भर रहने उनले बताए ।

‘एमालेको सिफारिसबमोजिम १४ सांसदलाई कारबाहीको सूचना प्रकाशनमा सापकोटाले पुर्वाग्रहपूर्ण व्यवहार गरिएकाले’ विरोध गरिएको एमाले प्रचार विभाग प्रमुखसमेत रहेका भट्टराईको भनाइ छ ।

‘सभामुखले दलको सदस्यभन्दा माथि उठेर निष्पक्ष व्यवहार गर्नुपर्छ । पार्टीले अनुशासन वा ह्विप उल्लंघनमा आफ्ना सदस्यलाई कारबाही गर्न सक्छ, सभामुखले त्यसलाई सूचना प्रकाशन गर्नुपर्छ,’ उनले भने । 

विगतमा अरु पार्टीले कारबाही सिफारिस गर्दा तत्काल सूचना आएको, तर एमालेको पत्रलाई थन्क्याएर सभामुखले पार्टी विभाजनमा सहयोग गर्ने नियत राखेको उनको आरोप छ । उनले भने, ‘संसद्को ठूलो दललाई गरिएको व्यवहार महँगो र चुनौतीपूर्ण हुन सक्छ ।’





  • प्रकाशित मिति : भदौ २४, २०७८ बिहीबार १७:१२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया