दीर्घ रोगीलाई मासिक ५ हजार दिने सरकारको घोषणा

सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट प्रस्तुत गरेको छ । प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विद्येयकमार्फत् नयाँ बजेट प्रस्तुत गरिरहेका छन् ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले सरकारले दीर्घ रोगीहरूलाई मासिक ५ हजारका दरले रकम दिने घोषणा गरेका छन् । 

प्रतिस्थापन विधेयकमार्फत् बैठक, इन्धनलगायतका भत्ता कटौती गर्दै कोरोना खोप खरिद गर्न ५ अर्ब बिनियोजन गरेको उनले बताए । 

अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली सरकारले ल्याएको बजेट अध्यादेश स्वीकृतिका लागि पेस गरेका थिए । अध्यादेश प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेसँगै नयाँ बजेट ल्याउने बाटो खुलेको हो । 

अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरिरहँदा एमालेका सांसदहरूले भने नाराबाजी जारी राखेका छन् ।





  • प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार १६:१७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया