बुई चढेर रोष्टम कब्जा गर्न खोज्ने एमाले सांसद् को हुन ?

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट बजेट प्रस्तुत गरिरहेका थिए । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेका सांसद्को चर्को नाराबाजी तथा अवरोधकाबीच सभामुख अग्नी सापकोटाले अर्थमन्त्री शर्मालाई प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने समय दिए । उनलाई एमाले सांसदको अवरोध तथा नाराबाजीले छेकेन । 

चर्को विरोध र नाराबाजीकाबीच मन्त्री शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरे । एमाले सांसदहरूले अनौठो तरिका अपनाएर अर्थमन्त्रीलाई रोक्न खोजे । तर, आफूहरूले गरेको होहल्ला तथा नाराबाजीले कुनै अर्थ नराखेपछि  एमाले सांसदहरु रोष्टम नै कब्जा गर्ने मनसायमा अगाडि बढे । उनीहरूमध्ये तीन सांसद् अन्य सांसदहरुको बुई चढेर रोष्टममा प्रवेश गर्ने प्रयास गरे । एमाले सांसदहरू पूर्व वनमन्त्री नारदमुनि राना, पूर्व सहायक राज्यमन्त्री आशा विक र सांसद् नरबहादुर धामी अन्य सांसदको बुई चढेर रोष्टम कब्जा गर्नेगरी अगाडि बढे । तर, बाक्लो संख्यामा उभिएका मर्यादापालकहरूले उनीहरूको रोष्टम कब्जा गर्ने प्रयास नै विफल पारिदिए । 

यसरी रोष्टम कब्जा गर्ने मनसायका साथ अघि बढेका सांसदमध्ये नारदमुनि कैलालीका हुन् । नारदमुनिले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रधानमन्त्री पत्नी आरजु राणालाई पराजित गरेका थिए । त्यस्तै नरबहादुर कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । भने आशाकुमारी बझाङकी सांसद् हुन् । उनी निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी थिइन् । 

सभामुखले जबरजस्ती संसदको कारवाही अघि बढाएको भन्दै एमालेले सुरुदेखि नै संसद् अवरुद्ध गर्दै आएको छ ।





  • प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार १६:५५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया