संखुवासभामा भएको सामूहिक हत्याकाण्डका एक जना आरोपी पक्राउ

संखुवासभाको मादी नगरपालिका–१ मा भएको सामूहिक हत्याकाण्डका एक जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पाँच दिनको अनुसन्धानपछि सामूहिक हत्यामा संलग्न २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । 

कार्की पीडित परिवारको नाता पर्ने छिमेकी रहेको प्रहरीले जानकारी दिएको छ । 

उनको घरबाट प्रहरीले रगत लागेको कपडा र हथौडा जस्तो हतियार बरामद गरेपछि थप अनुसन्धान अघि बढाएको थियो । 

संखुवासभाको मादी नगरपालिका–१ मा  भदौ २१ गते बौद्धमान कार्कीको परिवारका ६ जनाको विभत्स हत्या भएको थियो ।





  • प्रकाशित मिति : भदौ २६, २०७८ शनिबार १०:४५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया