फातिमा सुमार र ठाकुरबीच भेटवार्ता

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की उपाध्यक्ष फातिमा सुमारले आज (आइतबार)लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष  महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतोसँग भेटघाट गरेकी छन् ।

मेरियट होटलमा भएको भेटघाटमा ठाकुरले एमसिसीबारे आफ्नाे पार्टी सकारात्मक रहेकाे जनाउँदै पारित गर्ने/नगर्ने सरकारकाे हातमा रहेकाे बताएका छन् ।

गत बिहीबार काठमाडाैं आएकी उपाध्यक्ष फातिमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेतासँग भेटवार्ता गरिसकेकी छन्  । 

एमसिसी सम्झौता नेपालले २०७४ सालमा नै गरे पनि यो अहिलेसम्म संसदबाट अनुमोदन भएर कार्यान्वयन हुन सकेको छैन । २०७४ साल भदौ २९ मा सम्झौता भएअनुसार नेपालले अमेरिकाबाट ऊर्जा र सडक पूर्वाधार निर्माण गर्न ५ सय मिलियन अमेरिकी डलर अनुदान पाउने छ । 

एमसिसी बारेमा अहिले देशैभरि बहस भइरहेकाे छ । 

 





  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार १४:१०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया