एमसिसी बहस
अमेरिकाजस्तो शक्तिशाली देशले विनास्वार्थ सहयोग गर्दैन : डा. सूर्यराज आचार्य

पूर्वाधारविद् डा. सूर्यराज आचार्यले दुवै ठूला राजनीतिक दलले एमसिसीको उत्थान, सम्झौता, सही गर्दा सोच विचार र अध्ययन नगरी लापरबाही गरेको आरोप लगाएका छन् । आइतबार राजधानीको एक कार्यक्रममा बोल्दै उनले एमसिसी जस्ताको तस्तै पास गर्न नहुने उल्लेख गरे । 

‘एमसीसी अहिले जस्तो छ, त्यस्तै रुपमा पास गर्नुहुँदैन भन्ने मेरो कुरा हो,’ पूर्वाधारविद् डा. आचार्यले भने, ‘यो म कुनै नेताको विचार सुनेर, एजेण्डा हरेर भनेको होइन, मसँग वस्तुगत आधार छन्, दर्जनौँ डकुमेण्टहरु छन्, त्यसको सूचनाहरु छन्, जुन कुरा नेताहरु जनतासामु चुहाउन चाहँदैनन् ।’ 

देशलाई नेपालका दुई ठूला राजनीतिक दलले ठूलो अन्याय गरेको उल्लेख गर्दै उनले भने, ‘एउटा एमसिसीको उत्थान जसरी गरियो, गर्न प्रेरित गरियो र अर्को सहयोग गर्न र गराउने वातावरण मिलाइयो, त्यसमा लापरबाही भएको छ, सम्झौता वार्तामा पनि लापरबाही भएको छ ।’

पूर्वाधारविद् डा. आचार्यले एमसिसीकी उपाध्यक्ष फातिमा सुमार नेपाल आएर शीर्ष नेताहरुलाई भेट्दा नेताहरुले आफ्नो देशको आन्तरिक राजनीतिका पाटोलाई खुलाउनु नहुने बताए । 

अमेरिकाजस्तो शक्तिशाली देशले सहयोग गर्ने कुरा विनाकुनै स्वार्थ हुन नसक्ने पनि उनले बताए । 





  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार १९:४०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया