संसदबाट एमसिसी पारित हुने उपाध्यक्ष सुमारको विश्वास

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की उपाध्यक्ष फतिमा सुमारले एमसिसी सम्झौता पारित हुनेमा आफू विश्वस्त रहेको बताएकी छिन् ।

आइतबार काठमाडौंमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा सुमारले सम्झौता अनुमोदन हुन ढिला भइसकेको पनि बताएकी छिन् ।

उनले यो सम्झौता दुई वर्षअघि नै पारित भइसक्नु पर्ने तर अहिलेसम्म नभएकाले यसमा निकै ढिलाइ भएको पनि बताएकी छिन् ।

‘यसलाई सांसदले छिटो निकास दिनुपर्छ,’ सुमारले भनिन्, ‘नेपाली संसदबाट एमसिसी सम्झौता पारित हुने हामीलाई आशा पनि छ ।’

एमसिसी सम्झौता पारित गर्न दबाब दिन सुमार गत बिहीबार नेपाल आएकी थिइन् । उनले चार दिने नेपाल बसाइमा प्रधानमन्त्री तथा विभिन्न दलका शीर्ष नेता, ऊर्जामन्त्री, अर्थमन्त्रीलगायतसँग पनि भेट गरिन् ।





  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार २०:५५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया