पानीमा भिजेरै विरोध सभामा विप्लवको भाषण

नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंमा विरोध सभा आयोजना गरिरहेको छ । 

काठमाडौंको खुलामञ्चमा आयोजित सभा सुरु भएको केही समयदेखि ठूलो वर्षा भइरहेको छ । यद्यपि वर्षाका बीचमा महासचिव नेत्र विक्रम चन्द विप्लवले भाषण गरिरहेका छन् । 

यसअघि नेकपाले माइतीघर मण्डलादेखि विरोध प्रदर्शन गर्दै खुलामञ्चसम्म पुगेको थियो । अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)को विरोधमा आयोजित कार्यक्रममा मान्छेहरूको बाक्लो उपस्थिति रहेको छ । 

वर्षा भइरहँदा विप्लवले भिजेरै भाषण गरिरहेका छन् । उनले अमेरिकाले आफ्नो अखडा नेपालमा बनाउन लागेको भन्दै यसको विरोध गर्न पर्ने बताएका छन् । साथै, एमसिसी परियोजना कुनै हालतमा संसदबाट पारित हुन नदिने उनको उद्घोष छ ।

विप्लवले पानी परिरहेको भए पनि त्यसको आफूलाई कुनै प्रवाह नभएको उल्लेख गर्दै सुरुमै माहौल तताएका थिए । उनले भने,‘पानी होइन हामी आपद विपदसँग लडेर आएका मान्छे हौं । हामीलाई कुनै चासो छैन ।’





  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार १६:६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया