नवलपरासीमा बस र ट्रक ठोक्किए, तीन जनाको मृत्यु

नवलपरासी (पूर्व)को गैडाकोट नगरपालिका–१० स्मृती पुलमा सुदूरपश्चिम प्रदेश–०२–००१ ख ११२३ नम्बरको बस र ना.६ ख ७१२६ नम्बरको ट्रक मंगलबार विहान ठोक्किदा तीन जनाको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकसँग ठोक्किदा बस करिब १० फिट तल खसेको थियो । 

दुर्घटनामा घाइते भएका बसमा सवार र दुवै चालक सहित २४ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय लगायतबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि मेडिकल कलेज भरतपुर चितवन पठाएको छ । 





  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार १३:४६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया