हिमाल सागरको ‘एकादेशको कथा’ सार्वजनिक

गायक हिमाल सागर नयाँ गीतका साथमा बजारमा आएका छन् । उनको स्वरमा पछिल्लो पटक ‘एकादेशको कथा’बोलको गीत सार्वजनिक भएको हो ।

सार्वजनिक गीत श्याम पराजुलीले लेखेका हुन् । हिमाल सागरले नै संगीत गरेको गीतमा संजय हमालले संगीत संयोजन गरेका छन् ।

सार्वजनिक गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । दिलकृष्ण श्रेष्ठले निर्देशन गरेको भिडियोमा पूर्ण लम्साल र लक्ष्मी ओलीले स्क्रिन सेयर गरेका छन् ।

अमेरिकाको पिटर्सबर्ग, पेन्सिलवेनियामा छायांकन गरिएको भिडियो प्रवीन मानन्धरले सम्पदान गरेका छन् ।





  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार १२:३५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया