सवारी दुर्घटनामा ११ घाइते

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ रेडियो नेपालनजिकै सुर्खेतदेखि जुम्लातर्फ जाँदै गरेको भे१ख २५७४ नम्बरको गाडी अनियन्त्रित भई पल्टिएर बुधबार बिहान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
  
दुर्घटना भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेत र प्रहरी चौकी बांगेसिमलबाट खटिएको प्रहरीले घाइते भएका ११ जनालाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेततर्फ पठाएको छ ।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर तथा ६ जना सामान्य रहेका छन् । 

हाल फरार गाडी चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 





  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार २०:१६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया