बहुपति प्रथामाथि बनेको ‘टुल्की’ को टिजर रिलिज

नेपाली कथानक चलचित्र ‘टुल्की’को पहिलो पोस्टर सार्वजनिक भएकाे छ । चलचित्रको प्रचार स्वरूप पहिलो पोस्टर र टिजर सार्वजनिक गरिएको हो ।

द पाल्म ग्रुप प्रा.लिको ब्यानरमा निर्माण भएको चलचित्रमा हिमाली भेगमा प्रचलित बहुपति प्रथाको कथा उठान गरिएको छ । 

लक्षण सुनारको कथा, देव जंग थापाको छायाँकन तथा निर्देशनमा बनेको चलचित्रमा आरपि कर्माचार्य र शेखर लामाले सयुक्त रूपमा लगानी गरेका छन्। 

चलचित्रमा शिशिर वाङदेल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, भक्तसिंह कठायत लगायतका कलाकारले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।

झण्डै ९० लाख लगानी गरिएको यो चलचित्र नेपालमा भन्दा पहिले नेपाल बाहिरका विभिन्न मूलुकमा देखाउने तयारी रहेको निर्माण टिमले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार १२:५३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया