नेकपा (एमाले)का नेता तथा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ‘स्मार्ट एडमिनिस्ट्रेसन’ मा जानुपर्ने बताएका छन्।
नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय बैठक तथा राष्ट्रिय भेलामा थापाले यस्ताे बताएका हुन् ।
राणाकालीन र पञ्चायतकालीन प्रविधि प्रयोग गरेर देशलाई अगाडि बढाउन नसकिने भन्दै उनले ‘स्मार्ट एडमिनिस्ट्रेसन’ बाट समृद्ध नेपाल, सुखी नेपाली बनाउन सकिने बताए।
‘उच्च प्रविधिसँग प्रशासनलाई जोड्नुपर्छ, त्यसो गर्दामात्रै समृद्ध नेपाल र सुखी नेपालको राष्ट्रिय आकांक्षालाई भेटाउन सकिन्छ’, थापाले भने, ‘नेपाल निजामती कर्मचारी संगठनलाई स्मार्ट एडमिनेस्टेनका लागि पहल गर्न सुझाव दिन चाहन्छु।’
केही पश्चगामी र पुरातन विचार राख्ने संगठनमा रहेका केही मानिसहरू अलग भएको उनको टिप्पणी छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।