एमालेबाट चोइटिएर गएकाहरु समाप्त हुन्छन् : ईश्वर पोखरेल

नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले एमालेबाट चोइटिएर गएकाहरु समाप्त हुने बताएका छन् । 

शनिबार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेबाट चोइटिएर जानेहरुको भविष्य नभएको बताए । 

एमालेको चरित्र विभाजन र विखण्डन नभई एकताको पक्षपोषण गर्ने रहेको उल्लेख गर्दै उनले विगतमा भएको विभाजन पनि नटिकेको बताए । विभाजनको भविष्य अन्धकार रहेको र विभाजन धेरै नटिकेर समाप्त हुने उनले बताए । 

सोही कार्यक्रममा बोल्दै एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले निजामती सेवामा भ्रष्टाचार मौलाएको भन्दै निजामती सेवाभित्र शुद्धीकरण आवश्यक रहेको बताए । भ्रष्टाचारको अन्त्य नगरी देशलाई समृद्ध बनाउन नसकिने उनको धारणा थियो । 

उनले कर्मचारीले आफ्नो जिम्मेवारीप्रति उदासिन हुने हो भने देशको विकास नहुने बताए । उनले भने, ‘हामीले जनताको सेवकको रुपमा होइन कि जनताको मालिकको रुपमा आफूलाई ठान्यौँ भने देशले कसरी प्रगति गर्न सक्छ ?’

उनले प्रशासन सञ्चालनको कार्यशैलीमा आमूल परिवर्तन गर्नुपर्ने बताउँदै प्रशासनलाई उच्च प्रविधिसँग जोड्दै आधुनिकीकरण गर्न जरुरी रहेको बताए । 





  • प्रकाशित मिति : असोज २, २०७८ शनिबार २१:३९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया