रातमा बच्चासँग सुतिरहेको भूतको बच्चा !

एजेन्सी– आफ्नो बच्चाको सुरक्षाका लागि मानिसहरुले के नगर्लान् र ? अनि सुत्ने समयमा पनि बच्चालाई सहज होस् भन्ने धेरैको कामना गरेका हुन्छन् । तर, जब कुनै बच्चा एक भूतसँग सुतिरहेको पाइन्छ, तब के हुन्छ ? पक्कै पनि बाबुआमाको होशहवास उड्छ ।

एउटा यस्तै घटना आएको छ, अमेरिकामा । अमेरिकाको इलिनायको एक तस्वीर अहिले सामाजिक सन्जालमा पनि भाइरल भइरहेको छ जसका कारण मानिसहरु अचम्ममा परेका छन् । यो तस्वीरमा खासमा एउटा बच्चा भूतको बच्चासँग सुतिरहेको जस्तो देखिन्छ । फक्सन्युजमा प्रकाशित यो समाचारअनुसार १८ महिने बच्चा अर्को एक बच्चासँग सुतिरहेको सिसिटिभी फुटेजमा देखिएको थियो । अनि ती बच्चाकी आमा मार्टिजाले सिसिटिभीबाट लिइएको तस्वीर राख्दै लेखेकी थिइन्– म त यति डराएँ, अचानक बत्ती लिएर बच्चाको कोठामा पुगेँ, तर म पुग्दा त्यो सिसिटिभीमा देखिएको जस्तो बच्चासँग अरु कोही देखिएन । म झन् डराएँ, भूतको बच्चा हाम्रो बच्चाको बेडरुममा आएको रहेछ ।

उनको यो स्टाटस भाइरल पनि भयो । तर, लगत्तै वास्तविकता बाहिर आयो । खासमा भूतको बच्चा भनेर मार्टिजाले जेलाई सोचेकी थिइन् त्यो ट बेडसिटमा राखिएको एउटा स्टिकर रहेछ जुन बच्चाको तस्वीरजस्तै बनेको थियो ।





  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार १३:३७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया