डरलाग्दा सपनाबाट कसरी बच्ने ?

निदाएका वेला सपना देख्नु अर्धचेतनको अवस्था हो । निदाएको समयमा पनि मस्तिष्क क्रियाशील रहने भएकाले कतिपय अवस्थामा सपना याद पनि हुने गर्छ । सामान्यतया अनेक विषयमा सपना देखिने गर्छ । प्रायः दैनिक जीवनमा भइरहेका त कहिले काल्पनिक दृश्यसमेत सपनामा देखिने गर्छ । सपनामा देखिएका घटनाले डराउने, आत्तिने र कतिपय अवस्थामा उठेर हिँड्नेजस्ता गतिविधिसमेत देखिन्छ । कहिलेकाहीँ डरलाग्दो सपना देख्नु सामान्य हो । तर, लगातार डरलाग्दो सपना आउन थाल्यो भने मनोवैज्ञानिक समस्या हो । यसको समयमै उपचार गर्नु आवश्यक हुन्छ । 

किन लाग्छ डर ?
सपना देख्ने कुरा व्यक्तिको मनोविज्ञानसँग समेत प्रत्यक्ष जोडिएको हुन्छ । निदाएका वेला पनि अंगहरूले काम गरिहने भएकाले शरीरका रसायनमा परिवर्तन आउँछ । धेरैजसो सपना याद रहँदैन । तर, देखेका वेला निद्रा खल्बलियो भने त्यो सपना सम्झिइरहन्छ । अनि, त्यहाँ देखिएका डरलाग्दा दृश्यले आत्तिने र डराउने हुन्छ । यसलाई मनोवैज्ञानिक प्रतिक्रिया भनिन्छ । यद्यपि, यो बिस्तारै आफैँ ठीक भएर जान्छ । 

प्रकार
बच्चाहरू सपनामा डराउने अवस्थालाई अनुसन्धानकर्ताहरूले दुई भागमा बाँडेका छन् । ती हुन्, नाइटमेयर डिसअर्डर र नाइट ट्रेटर ।

कारण
-अनिद्रा तथा निद्राको गडबडीका कारण डरलाग्दा सपना देखिने गर्छ । 
-त्यस्तै, कमजोर मनोविज्ञान भएका मानिसले डरलाग्दा सपना बढी देख्ने गर्छन् । दिनभर घट्ने घटना, परिवेश र वातावरणले उनीहरूलाई असर पारेको हुन्छ । 
- लगातार तनाव, डिप्रेसन, जीवनमा घटेका डरलाग्दा घटना र नशालु पदार्थ सेवन गर्ने मानिसमा समेत यस्तो समस्या देखिन्छ ।
- बालबालिका र किशोरकिशोरीमा पनि यस्तो समस्या बढी देखिन्छ । बढ्दो उमेरमा हुने मानसिक परिवर्तन र कमजोर मनोविज्ञानका कारण उनीहरूमा यो समस्या हुन्छ । 

नाइटमेयर डिसअर्डर
विशेषगरी, बच्चाको कलिलो दिमागमा बसेका नराम्रा छापका कारण नाइटमेयर डिसअर्डर हुने गर्छ । यसमा राति बर्बराउने, आत्तिने, तर्सिने आदि हुन्छ ।

समाधान : यो कमजोेर मनोविज्ञानबाट हुने समस्या भएकाले यसले दीर्घकालीन असर गर्दैन । उमेर बढ्दै गएपछि आफैँ ठीक भएर जान्छ । 



नाइट ट्रेटर
नाइट ट्रेटर हुँदा आत्तिने, कराउने, उठेर हिँड्नेजस्ता समस्या देखा पर्छन् । यस्ता गतिविधि लगातार भइरहन्छ । यो भने जटिल खालको समस्या हो । 

समाधान
बच्चामा यस्तो समस्या देखिन थालेमा मनोचिकित्सकसँग परामर्श लिनुपर्छ । नियमित नाइट ट्रेटरको समस्या भएमा त्यो कालान्तरमा मानसिक रोगको कारणसमेत बन्न सक्छ । तसर्थ, समयमै मनोसामाजिक काउन्सिलिङ गर्न आवश्यक छ । 



  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार १३:३७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया