इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुल विजयी भएको छ । उसले क्रिस्टल प्यालेसमाथि ३-० को सहज जित हात पारेको हो ।
घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन सादियो माने, मोहम्मद सलाह र नाबी केइटाले १-१ गोल गरे ।
खेलको ४३ औँ मिनेटमा मानेको गोलमार्फत् लिभरपुलले अग्रता लिएको थियो । ७८ औँ मिनेटमा सलाहले टोलीको अग्रता दोब्बर बनाए ।
८९ औँ केइटाले गोल गर्दै टोलीलाई सहज जित दिलाए ।
जितसँगै लिभरपुल ५ खेलबाट १३ अंकका साथ लिगको शीर्ष स्थानमा उक्लिँदा समान खेलबाट ५ अंक जोडेको क्रिस्टल प्यालेस १४ औँ स्थानमा छ ।
लिग अन्तर्गत शनिबार राति नै भएका अन्य खेलमा ब्रेन्टफोर्डले उल्फ्समाथि २-०, आर्सनलले बर्नेलीमाथि १-० र वाट्फोर्डले नर्विचसिटीमाथि ३-१ को जित दर्ता गरे ।
एस्टन भिल्लाले एभर्टनलाई ३-० ले हराउँदा साविक विजेता म्यानचेस्टर सिटी साउथह्यामटनसँग गोलरहित बराबरीमा रोकियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।