बुन्डेस लिगा : बायर्नको फराकिलो जित

जर्मन बुन्डेस लिगा अन्तर्गत शनिबार भएको खेलमा बायर्न म्युनिखले घरेलु मैदान एलियन्ज स्टेडियममा बोचुममाथि ७-० को सहज फराकिलो जित हात पारेको छ।

बायर्नको जितमा जोसुवा किमिचले २, रोबर्ट लेवान्डोस्की, सर्ज जिनाब्री, लिरोय साने र एरिक चौपो मोटिङले १-१ गोल गर्दा एक गोल आत्मघाती उपहार स्वरूप प्राप्त भयो ।

खेलको १७ औँ मिनेटमा सानेले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । २७ औँ मिनेटमा किमिचले टोलीको अग्रता दोब्बर बनाए ।

३२ औँ मिनेटमा जिनाब्री बायर्नका लागि तेस्रो तथा ४३ औँ मिनेटमा कोन्सटेन्टिनोस लाम्ब्रोपोलोसले आत्मघाती गोल गरेपछि बायर्नले पहिलो हाफामा ४-०को आरामदायी अग्रता बनायो ।

बार्यनले दोस्रो हाफमा ३ गोल थप्यो । ६१ औँ मिनेटमा लेवान्डोस्कीले टोलीका लागि पाँचौँ गोल गरे ।

६४ औँ मिनेटमा किमिचले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौँ गोल गर्दा ७९ औँ मिनेटमा मोटिङले गर्दै टोलीलाई सहज जित दिलाए । 



जितसँगै बायर्न ५ खेलबाट १३ अंकका साथ लिगको शीर्ष स्थानमा उक्लिँदा समान खेलबाट ३ अंक जोडेको बोचुम १७ औँ स्थानमा छ ।

लिग अन्तर्गत शनिबार नै भएका अन्य खेलमा अग्सबर्गले बेरुसिया मोन्चेनगाल्डबाचमाथि १-० को जित हात पार्दा, माइन्जले फ्रेइबर्ग तथा अर्मिनिया बेलिफिल्डले होफिनहेमसँग गोल रहित बराबरी खेले । कोलोग्ने र आरबी लाइप्जिग १-१ को बराबरीमा रोकिए । 
 



  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार ७:४५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया