मार्कुस दासकाे पहिलो म्युजिक भिडियो सार्वजनिक भएकाे छ । दासकाे ‘थाहा छैन’ बोलको गीत सार्वजनिक भएको हाे ।
गीतमा शब्द र संगीत कुशल पोखरेलको छ । मार्कुशले चार वर्षअघि मेलिना राईसँग ‘जिन्दगी ओराली उकाली’ बोलको गीत गाएका थिए । गीतले युगल गायनतर्फबाट इमेज अवार्डसमेत जितेको थियो ।
स्तरीय गीत भए पनि त्यसको म्युजिक भिडिओ बन्न सकेन । त्यसबाहेक पनि गायक मार्कुसले दुई गीत गाएका छन् । जसको अडियो र लिरिकल भिडियो मात्र सार्वजनिक भयो । पहिलो पटक भिडियो सहितको गीत सार्वजनिक गरेका मर्कुश यस गीतका म्युजिक भिडिओ निर्देशक पनि हुन् ।
मार्कुस दास प्रसिद्ध गायक कर्ण दासका छाेरा हुन् । बुवाजस्तै उनकाे संगीत यात्रा पनि ब्यान्डबाटै सुरु भएको हो ।
२५ वर्षीय मार्कुसको मात्र नभई भिडियोमा सम्बद्ध धेरै जनाका लागि नयाँ अनुभव बनेको छ । अष्ट्रेलियामा छायांकन भएको भिडियोमा सुबिर भन्डारी र हिलारी रावलले अभिनय गरेका छन् । प्रयुष मानन्धरको सिनेमेटोग्राफीको भिडियोलाई सुदीप विष्टले सम्पादन गरेका छन्।
विदेशमा बसेर पनि संगीतमा सक्रिय हुने बताएका उनले चाँडै नयाँ गीत संगीत लिएर स्रोतामाझ आउने बताए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।