किन झुट बोलिन् करिश्माले ?

पछिल्ला केही दिनयता अभिनेत्री करिश्मा मानन्धर सामाजिक सञ्जालमा निकै गाली खेपिरहेकी छन् । करिश्मालाई उनी आफैंले लेखेको स्टाटसका कारण प्रयोगकर्ताहरूले गाली गरेका हुन् । 

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेको भन्दै फोनको स्क्रिनसर्ट फेसबुकमा राखेकी थिइन् । जहाँ करिश्मा आफैंले फोन गरेको देखिएको थियो ।

कक्षा १२ को परीक्षा दिइरहेकी करिश्माले फोन गरेर केपी ओलीले परीक्षाका बारेमा जानकारी लिएको बताएकी थिइन् । उनले फेसबुकमा लेखेकी थिइन्, ‘फोन आउँदा मेरो मोबाइल स्क्रिनमा केपी शर्मा ओली भन्ने आयो । म छक्क परेँ ! मजाक हो कि भन्ने पनि लग्यो । तर उहाँ हाम्रो देशको पुर्व प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको आवाज सुन्दा घरको मूलीले छोराछोरीलाई गरेजस्तो सुनिन्थ्यो।’

‘करिश्मा परीक्षा कस्तो भइरहेको छ ? हजुर ठिक छ सर । तपाईं के पी ओली ? अँ हो विश्वास लागेन ? लागेन सर’,उनले प‍छि थपेकी छन् ।

त्यसपछि केपी ओलीले सुनाएको डुंगाको कथाले मात्रै केपी ओली नै हो भनेर विश्वस्त भएको उल्लेख गरेकी थिइन् । उनले आफूजस्तो सामान्य कलाकारलाई फोन गरेकोमा पूर्व प्रधानमन्त्री ओलीलाई धन्यवाद समेत दिएकी थिइन् ।

यो पोस्टसँगै उनले राखेको स्क्रिनसर्टलाई लिएर धेरैले नकारात्मक कमेन्ट गरेका छन् । स्क्रिनसर्टमा प्रष्टै देखिएको छ करिश्माले केपी ओलीलाई फोन गरेको । करिश्माको यो तमासा हेरेर धेरैले प्रश्न गरिरहेका छन्, ‘किन झुट बोल्नु भयो अभिनेत्रीज्यू ?’ करिश्मा यस्ता प्रश्नमा मौन देखिएकी छन् ।



करिश्माले उल्टै जिकिर गरेकी छिन्, ‘केपी ओलीजीले नै मलाई फोन गर्नु भएको हो । तर कसरी कल गएको संकेत देखायो म आफैं छक्क परेकी छु ।’ 

फेसबुकमा धेरैले कमेन्ट गरेपछि करिश्माले उक्त स्क्रिन सर्ट हटाएकी छिन् । स्टाटस भने हटाएकी छैनन् ।



  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार ११:३३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया