विभूषणप्रति सुवास नेम्बाङको प्रतिक्रिया : एमाले फुटाउनेहरू विभूषित भएछन्

नेकपा (एमाले)का नेता तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले एमाले फुटाउने कार्यमा सहभागी सबैले संविधान दिवसको अवसरमा ‘मेडल’ (विभूषण) पाएको टिप्पणी गरेका छन्।

नेकपा एमालेले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेम्बाङले यस्तो टिप्पणी गरेका हुन् ।

विभूषण वितरणप्रति उनले आश्चर्य पनि व्यक्त गरे । विभूषण वितरण ‘हिजो बेलुका पारी चितुवा करायो, सिंगारी हरायो’ जस्तो भएको पनि उनको भनाइ छ।

तर, संविधान निर्माणमा अग्रपंक्तिमा रहेर भूमिका खेलेको र संविधानको कार्यान्वयन गर्ने केपी शर्मा ओली भने विभूषित नभएको संकेत गरे । उनले परमादेशबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिने न्यायाधीशहरू पनि विभूषित भएको भन्दै न्यायाधीशहरूले अस्वीकार गर्नुपर्ने बताए।

नेम्बाङले भने, ‘न्यायाधीशहरूलाई पनि मेडल वितरण भएछ। यो बेठिक भयो। यस्तो सन्देश जान दिनु हुँदैन, यहाँहरूले तुरुन्तै मेडललाई अस्वीकार गर्छौं भन्नुपर्छ र अस्वीकार भएको घोषणा गरिदिनुहोस् मेरो आग्रह छ ।’

उनले संविधानसभाबाट विश्वकै उत्कृष्ट संविधान बनेको पनि बताए । जुन संविधानको सफल कार्यान्वयन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको पनि दाबी गरे।
 





  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार १२:३८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया