स्पेनिस ला लिगा : भ्यालेन्सियालाई हराउँदै रियल शीर्ष स्थानमा

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । 

उसले घरेलु टोली भ्यालेन्सियामाथि २–१ को रोमाञ्चक जित हात पारेको हो ।

सुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु टोली पराजित हुन पुग्यो । खेलको ६६ औँ मिनेटमा ह्युगो डुरोको गोलमार्फत भ्यालेन्सियाले अग्रता लिएको थियो ।

८६ औँ मिनेटमा भिनिसियस जुनियरले रियलका लागि बराबरी गोल फर्काए । ८८औँ मिनेटमा करिम बेन्जिमाले गोल गर्दै टोलीको जित पक्का गरे । 

जितसँगै रियल मड्रिड ५ खेलबाट १३ अंकका साथ शीर्ष स्थानमा उक्लिदा समान खेलबाट १० अंक जोडेको भ्यालेन्सिया तेस्रो स्थानमा छ । 

लिग अन्तर्गत आइतबार नै भएका अन्य खेलमा रियल मार्लोकाले भिल्लारियल तथा रियल सोसिडाडले सेभियासँग गोलरहित बराबरी खेल्दा रियल बेटिस स्पान्योलसँग २–२ को बराबरीमा रोकियो । 



 
 



  • प्रकाशित मिति : असोज ४, २०७८ साेमबार ६:५२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया