प्रिमियर लिगमा चेल्सीको शानदार जित

इंग्लिस प्रियिमर लिग अन्तर्गत आइतबारराति भएको खेलमा चेल्सीले घरेलु टोली टोटेनहममाथि ३–० को सहज जित हात पारेको छ ।  

चेल्सीको जितमा थिएगो सिल्भा, एनगोलो कान्टे र एन्टेनियो रुडिगरले समान १–१ गोल गरे । तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो । 

दुवै टोलीले गोलका केही अवसर गुमाउँदा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

४९औँ मिनेटमा सिल्भाले गोल गर्दै पाहुना टोली चेल्सीलाई अग्रता दिलाए । उनले मार्काेस अलोन्सोको पासलाई सदुपयोग गरे । 

५७औं मिनेटमा कान्टेले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । उनले माटेयो कोभासिचको पासमा गोल गरेका हुन् ।

थप गरिएको समयमा रुडिगरले टिमो वेर्नरको पासमा गोल गर्दै चेल्सीलाई सहज जित दिलाए ।



जितसँगै अपराजित रहेको चेल्सी ५ खेलबाट १३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । समान अंक नै रहेपनि लिभरपुल र म्यानचेस्टर युनाइटेड गोल अन्तरमा दोस्रो र तेस्रो स्थानमा छन् । 

लिगमा लगातार दोस्रो हार बेहोरेको टोटेनहम ९ अंक जोडेर सातौं स्थानमा छ ।



लिग अन्तर्गत आइतबार राति नै भएका अन्य खेलमा ब्राइटनले लेस्टर सिटी तथा म्यानचेस्टर युनाइटेडले वेस्ट ह्याम युनाइटेडमाथि समान २–१ को जित दर्ता गरेका छन् । 
 

  • प्रकाशित मिति : असोज ४, २०७८ साेमबार ७:५२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया