प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध, सभामुखले अघि बढाए सदनको कारबाही

प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध जारी छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक सुरु हुनासाथ प्रतिपक्षी एमालेले विरोध गर्दै संसद अवरुद्ध गरेको हो । 

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति प्रश्न उठाउँदै एमालेले अवरोध गर्दै आएको छ । प्रतिनिधिसभाको नवौं अधिवेशन सुरुसँगै एमालेले अवरोध जारी राखेको छ । 

आजको बैठकमा एमालेको अवरोधलाई ध्यान नदिई सभामुख सापकोटाले सदनको काम अघि बढाएका छन् । एमालेले संसदमा नाराबाजी गरिरहेको छ ।

कानुन बमोजिम पार्टीले प्रक्रिया पूरा गरेर निष्कासन गरेका सांसदहरुलाई सभामुखले पदमुक्त गरेको सूचना टाँस्नुपर्ने भन्दै एमालेले उनीहरुलाई सांसदको रुपमा संसदमा प्रवेश दिएको विरोधमा सदन अवरोध गरिरहेको छ ।





  • प्रकाशित मिति : असोज ४, २०७८ साेमबार ११:३५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया