झापामा ९ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

झापा प्रहरीले ९ ग्राम अवैध लागुऔषध ब्राउन सुगरसहित एक जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा प्रहरीले झापाको मेचीनगर नगरपालिका-४ राइसिंगको सीमा नजिकैबाट पक्राउ गरेको हो । 

प्रहरीको टोलीले चेक गर्ने क्रममा मेचीनगर-४ बस्ने दिलबहादुर मगरलाई पक्राउ गरेको झापा प्रहरीले जनाएको छ । 

पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको छ ।

झापा प्रहरी प्रवक्ता राकेश थापाले अनुसार पक्राउ गरिएका मगरमाथि लागुऔषध मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जनाए । 





  • प्रकाशित मिति : असोज ४, २०७८ साेमबार ११:३८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया