आइपिएल : कोलकता र बैंग्लोर प्रतिस्पर्धा गर्दै

इन्डियन प्रिमियर लिग (आइपिएल)मा आज कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच प्रतिस्पर्धा हुँदैछ । 

खेल नेपाली समय अनुसार बेलुका पौने आठमा शेख जायद स्टेडियम अबुधाबीमा हुनेछ । बैंग्लाेर विराट कोहली र कोलकता इयोन मोर्गनको कप्तानीमा मैदान उत्रिने छन् । 

कोलकतालाई प्लेअफको सम्भावना कायमै राख्न जित्नै पर्ने दबाब छ । त्यसैले उ जित हात पार्दै लय फर्काउने चाहनामा हुनेछ । 

बैंग्लोर पनि आज जित हात पार्दै शीर्ष स्थानको चेन्नइ सुपर किंग्स र दोस्रो स्थानको दिल्ली क्यापिटल्ससँग अंक बराबरी गर्ने प्रयासमा हुनेछ । दुवैले समान १२ अंक जोडेका छन्  । 

बैंग्लोर ७ खेलमा ५ जित र २ हारसहित १० अंक जोडेर दोस्रो स्थानमा रहँदा समान खेलमा ५ हार र २ जितसहित ४ अंकका साथ कोलकता सातौं स्थानमा छ । 

हालसम्म यी दुईले २७ खेलमा एक अर्काको सामना गर्दा कोलकता १४ र बैंग्लोर १३ खेलमा विजयी भएका छन् । लिगको पहिलो खेल बैंग्लोरले ३८ रनले आफ्नो पक्षमा पारेको थियो ।  





  • प्रकाशित मिति : असोज ४, २०७८ साेमबार १६:२४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया