पारस, दिपेन्द्र र वसन्तले इपिएल नखेल्ने

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल )टी–२० क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् ।
आयोजकले मंगलबार सार्वजनिक गरेको इपिएल ​ खेल्ने खेलाडी सूचीमा पारस परेका छैनन् । 

पारसले अघिल्लो सँस्करणसम्म विराटनगर वारियर्सको कप्तानी सम्हालेका थिए ।  उनको कप्तानीमा टोलीले दोस्रो संस्करणको उपाधि जितेको थियो । 

दुई महिना अघि अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पारसले घरेलु क्रिकेट भने खेल्ने बताए पनि अन्तिम समयमा आएर नखेल्ने भएका हुन् । 

काठमाडौं किंग्स ११ मा आवद्ध नेपाली क्रिकेट टिमका उपकप्तान दीपेन्द्र सिंहले पनि इपिएल ​ नखेल्ने भएका छन् । उनले चोटका कारण प्रतियोगिता गुमाउने भएका हुन् । 

विराटनगरमा आवद्ध बलर बसन्त रेग्मी पनि यस संस्करणको इपिएलमा देखिने छैनन् । 

चौंथो संस्करणको इपिएल  शनिबारबाट सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको विजेताले ५० तथा उपविजेताले १५ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।





  • प्रकाशित मिति : असोज ५, २०७८ मंगलबार १६:१०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया