काठमाडौंबाट संघीय राजधानी हटाउन मुख्यमन्त्री शाक्यको प्रस्ताव

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले देशको संघीय राजधानी काठमाडौंबाट सार्न प्रस्ताव गरेकी छिन् । उनले चितवन र मकवानपुरलाई जोडेर देशको संघीय राजधानी बनाउनुपर्ने बताएकी हुन्।

मंगलबार भरतपुरमा आयोजित जिल्ला समन्वय समिति चितवनको पाँचौँ जिल्ला सभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वपश्चिम राजमार्गमा जोडिएको चितवन र मकवानपुर जोडेर देशको राजधानी बनाउन उपयुक्त हुने बताएकी हुन् । 

हालको राजधानी काठमाडौं पुग्न सबैलाई कठिन पर्ने भएकाले काठमाडौंलाई प्रदेशको राजधानी बनाएर सबैलाई पायक पर्ने चितवन र मकवानपुरलाई देशको राजधानी बनाउनुपर्ने बताएकी हुन् । 





  • प्रकाशित मिति : असोज ५, २०७८ मंगलबार २१:४३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया