सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद विस्तारबारे छलफल हुने

मन्त्रिपरिषदलाई पूर्णता दिनका लागि सत्तारुढ गठबन्धन तिव्र तयारीमा लागेको छ । लामो समयसम्म मन्त्रिपरिषद विस्तार गर्न नसकेको भन्दै आलोचना प्रधानमन्त्री शेरबहादुर देउवाले खेपिरहेका छन् । ​

देउवाले आजमात्र कांग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका थिए । उनले सपथ सकेर पदभार ग्रहण पनि गरिसकेका छन् । 

हिजो बसेको सत्तारुढ गठबन्धनको बैठकमा देउवाले मन्त्रीहरुको नामावली पठाउन दलहरूलाई आग्रह गरेका थिए । परराष्ट्र कांग्रेसले लिने सहमति भएपछि खड्कालाई मन्त्रीमा नियुक्त गरिएको थियो । अन्य मन्त्रालयहरू अझै खालि छन् । ​

यसबारेमा छलफल गर्नका लागि सत्ता गठबन्धनको अर्को दल माओवादी केन्द्रको बैठक पनि जारी छ । बैठक अहिले पार्टी कार्यालय पेरिसडाँडामा चलिरहेको छ । 

त्यस्तै, कांग्रेसको पदाधिकारी बैठक पनि सिंहदरबारमा बस्दैछ । सोही बैठकका लागि प्रधानमन्त्री देउवा पनि सिंहदरबार पुग्दैछन् । बालुवाटार स्रोतका अनुसार आज साँझ ५ बजे बस्ने गठबन्धनको बैठकमा सबै दलका नेताहरुलाई मन्त्रीको नामावली उपलब्ध गराइनेछ । अब केहीदिनमै मन्त्रिपरिषदले पूर्णता पाउने नेताहरुले बताएका छन् ।





  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार १५:५८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया