इपिएलका लागि नेपाल आइपुगे शहजाद र जन्नत

अफगानिस्ताका ब्याट्सम्यान मोहम्मद शहजाद र मध्यगतिका बलिङ अलराउन्डर करिम जनन्त चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्न नेपाल आइपुगेका छन् । 

उनीहरु बुधबार नेपाल आइपुगेका हुन् । शहजाद र जन्नत चितवन टाइगर्समा अनुबन्धित छन् ।

शहजादले अफगानिस्तानका लागि २ टेस्टमा ६९ रन, ८५ एकदिवसीय अन्तर्राष्ट्रियमा ६ शतक र १४ अर्धशतकसहित कुल २ हजार ७२७ तथा ६४ टि–२० अन्तर्राष्ट्रियमा १ शतक र ११ अर्धशतकसहित १ हजार ८६० रन प्रहार गरेका छन् । 

२३ वर्षीय करिमले अफगानिस्तानबाट एक मात्र एकदिवसीय तथा २७ टि–२० अन्तर्राष्ट्रिय खेल खेल्दा २९ विकेट हात पारेका छन् । 

चितवनमा आबद्ध श्रीलंकन खेलाडी सिकुगे प्रसन्न मंगलबार नै नेपाल आइपुगेका थिए । मलेसिया ब्याट्सम्यान विरनदीप सिंह आज राति आइपुग्ने चितवनले जनाएको छ । 

पाकिस्तानका अलराउन्डर डानिस अजिज भने इपिएल नखेल्ने भएका छन् । 



६ टोलीको सहभागिता रहने इपिएल असोज ९ देखि २३ सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ ।

चितवनले असोज १० मा विराटनगर वारियर्ससँगको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ । 



  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार १९:१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया