विराटनगर पुगेर गच्छदारले भने- जनताले दोषी ठहर्‌याए मृत्युदण्ड स्वीकार गर्न तयार छु

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफू निर्दोष भएको बताएका छन् । 

बिहीबार विराटनगर पुगेर उपसभापति गच्छदारले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ललिता निवास जग्गा प्रकरणमा पूर्वाग्रह राखेर आफूविरुद्ध मुद्दा चलाइएको बताए । 

आफूले मन्त्रिपरिषदमा प्रस्ताव मात्रै लगेको बताउँदै उनले प्रस्ताव लैजाने दण्डित हुने भए निर्णय गर्नेलाई किन छुट ? भनेर प्रतिप्रश्न गरेका थिए।

५ दशकको राजनीतिक जीवनमा कतै पनि सरकारको रकम दुरुपयोग नगरेको बताउँदै उनले जनताले दोषी ठहर्याए मृत्युदण्ड स्वीकार गर्न तयार रहेको बताए।





  • प्रकाशित मिति : असोज ७, २०७८ बिहीबार २०:४९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया