इपिएल : ललितपुरविरुद्ध रायनको उत्कृष्ट अर्धशतक

आजदेखि त्रिवि मैदानमा सुरु भएको ईपिएल टी–२० प्रतियोगितामा काठमाडौं किंग्स–११ का ब्याट्सम्यान रायन बर्लले अर्धशतक पूरा गरेका छन् । 

उनले ललितपुर प्याट्रिय्सविरुद्ध २७ बलमा एक चौका र पाँच छक्का हिर्काउँदै अर्धशतक पूरा गरेका हुन् । बर्लले ईपिएलको डेब्यू म्याचमै अर्धशतक बनाउन सफल भएका हुन् । 

त्यसअघि, अर्का विदेशी ब्याट्सम्यान रहमानुल्लाह गुर्बाजले ३६ बलमा ५९ रनको पारी खेलेका थिए । ललितपुरले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले १३ ओभरमा १३९ रन बनाएको छ । 





  • प्रकाशित मिति : असोज ९, २०७८ शनिबार १५:२६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया